Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा, आफू निर्दोष रहेको जिकिर

मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ ।

संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गरेका छन् । 

अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई भने, ‘म निर्दोष छु, मैले कुनै अपराध गरेको छैन ।’ उनले आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका थिए । 

मुद्दाको अर्को सुनुवाइ मार्च १७ का लागि तय गरिएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार