Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह, महासचिवमा प्रसन्न दाहाल

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह चयन भएका छन् । पुष १७ गते भएको निर्वाचनमा साह सभापतिमा निर्वाचित भएका हुन् । यस्तै, महासचिवमा डा. प्रसन्न दाहाल निर्वाचित भएका छन् । उपसभापति पदमा भने दृष्टि वस्ती निर्वाचित भएकी छन् । संघको सचिवमा पुकार चौधरी, कोषाध्यक्षमा प्रमिला सिन्हा विजयी भएका छन्  ।

निर्वाचनपछि गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया तथा रजिस्ट्रार कल्याणी मिश्र त्रिपाठीको विशेष उपस्थिति थियो । नव–निर्वाचित केन्द्रीय समितिले विश्वविद्यालयका प्राध्यापकहरूको पेशागत हक–हित संरक्षण, शैक्षिक गुणस्तर सुधार तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार