NL न्यूज
वीरगञ्ज । टिकटक भिडियोलाई लिएर धनुषाबाट सुरु भएको धार्मिक विवादले आज पनि वीरगञ्ज तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, आज दिउँसो एकबजे देखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कुनै किसिमको सभा, जुलुस, भेला र प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरिएको हो ।
वीरगञ्ज नगरपालिका क्षेत्रमा आज बिहानैदेखि विभिन्न हिन्दुवादी संगठनहरुले विरोध प्रदर्शन गर्दा स्थिती तनावग्रस्त बनेको थियो ।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आईतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए ।

पर्सा प्रहरीका अनुसार अहिले मुस्लिम समुदाय र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एक अर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्। अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्