Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन २०८२

एमालेबाट काठमाडौं क्षेत्र नं. ५ मा ईश्वर पोखरेलको नाम एकल सिफारिस

भक्तपुर २ बाट महेश बस्नेत र काभ्रे २ बाट गोकुल बास्कोटा

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।  काठमाडौं–५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।

त्यस्तै भक्तपुर क्षेत्र नं. २ बाट एमालेका सचिव महेश बस्नेत र काभ्रे क्षेत्र नं. २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस भएको छ । 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार