NL न्यूज
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान यस बर्षकै कम तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको विभागको अद्यावधिक विवरणअनुसार आज बिहान ५.४५ बजे कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै त्रिभुवन विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस, ललितपुर हात्तीबनको २.८, भक्तपुर नगरकोटको तापक्रम २.८ मापन भएको छ ।
काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो ।
उता, तराईका धेरैजसो ठाउँमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान नेपालगञ्जमा सबैभन्दा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । आज बिहान नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।
त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्