Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज रास्वपाको वृहत्तर एकता घोषणा सभा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्दैछ । 

काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जनाएको छ ।  

सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

रास्वपाको आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

त्यस्तै आजै  नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट÷थारुवान अभियान्ताहरू र रास्वपाबीच पनि पार्टी समायोजन हुने बताइएको छ । 

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएर आज रास्वपामा समायोजन हुनेछन् । 

रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता–कार्यकर्ता रास्वपामा समायोजन हुन लागेका हुन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार