Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछानेमाथि अर्को बज्रपात, के चुनाव लड्नै नपाउने हुन् ? कसले सुरु गर्‍यो झेल ?

नेपाल लिड । नख्खु कारागारबाटै पार्टी हाकिरहेका रास्वपा सभापति रवि लामिछाने आगामी निर्वाचन लड्न नपाउने देखिएको छ । जनतामाझ सर्वाधिक लोकप्रिय रहेका रविलाई राजनीतिबाट रोक्न ओली–गगनहरुले सहकारी ठगीको ढोक्सा थाप्दा पनि पार नलागेपछि, कानूनको लुप होल खोजेर रोक्ने खेल, सुरु भएको हो ।
प्रतिनिधिसभा निर्वाचन ऐन– २०७४ को दफा १२ र १३ ले तोकेको उम्मेदवारीसम्बन्धी व्यवस्थाअनुसार विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको र कैदमा रहेका नेताका हकमा फरक फरक व्यवस्था रहेकाले रवि चुनावमै भाग लिन बञ्चित हुने अवस्था देखिएको छ ।

पूर्पक्षका लागि रवि लामिछाने यति बेला नख्खु कारागारमा छन् । विद्यमान कानूनी व्यवस्था आपसमा बाझ्दा, अहिले यो झेलको शिकार रवि लामिछाने र एमाले नेता टोपबहादुर रायमाझी हुने देखिन्छ ।

काण्ड थाप्लोमा बोकेर तालु खुईलेका कथित भीआइपी नामका भ्रष्टचार आरोपी, माधव कुमार नेपाल, मोहन बस्नेत, बालकृष्ण खाँण, रन्जिता श्रेष्ठहरुलाई भने तत्काल कानून आकर्षित हुने देखिदैन । किनकी उनिहरु थुनाबाहिर बसेर मुद्धा लडिरहेका छन् । निर्वाचन आयोगले २०८० सालमै अगाडि बढाएको एक विधेयकमा हलो अड्किदा रवि र टोपबहादुर छुट्ने अवस्था बनेको हो ।

हेर्नुहोस् भिडियोमा
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार