Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अमेरिकाले राष्ट्रसंघ बडापत्र उल्लंघन गर्‍यो : एमाले महासचिव पोखरेल

काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

आज सामाजिक सन्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।’

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।

Sankhar-Pokhrel-Status-1767503896.jpg

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार