NL न्यूज
इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे हुनेछ । त्यस्तै आज राति पौने ९ बजे चार खेल हुदैछन् , जसमा फुलहमले लिभरपुलको सामना गर्दा टोटनहम र सन्डरल्याण्ड, एभर्टन र ब्रेन्टफोर्ड तथा न्युक्यासल र क्रिस्टल प्यालेस भिड्दै छन् ।
राति सवा ११ बजे म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुनेछ । सिटी १९ खेलबाट ४१ अंकका साथ लिगको शीर्ष स्थानमा छ भने चेल्सी समान १९ खेलबाट ३० अंकका साथ पाँचौ स्थानमा रहेको छ ।
लिगको शीर्ष स्थानमा रहेको आर्सनलको २० खेलबाट ४८ अंक रहेको छ । त्यस्तै समान २० खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा छ ।
यसअघि गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई, एस्टनभिल्लाले नटिङ्घम फरेस्टलाई, उल्भ्सले वेस्टह्यामलाई र ब्राइटनले बर्नलीलाई पराजित गरेको थियो ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्