Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण

पाकिस्तानले  स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार यो क्षेप्यास्त्र प्रणाली ६०० किलोमिटरको दायराभित्र जमिन र समुन्द्री लक्ष्यहरूमा उच्च सटिकताका साथ प्रहार गर्न सक्षम छ ।

अत्याधुनिक नेभिगेसन र मार्गदर्शन प्रणाली जडित ‘तैमुर’ लाई अत्यन्त कम उचाईमा उड्नसक्ने गरी डिजाइन गरिएको ​​​​​​र यसले शत्रुको हवाई र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई प्रभावकारी रूपमा छल्न सक्ने पाकिस्तानले जनाएको छ । 

आईएसपीआरले थप उल्लेख गरेअनुसार यस क्षेप्यास्त्रको सटिक प्रहार गर्ने क्षमताले पाकिस्तान वायुसेनाको परम्परागत सैन्य प्रतिरोध क्षमता र परिचालन लचकतामा उल्लेख्य वृद्धि गर्दै देशको समग्र रक्षा स्थितिलाई थप सुदृढ बनाएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार