NL न्यूज
सौराहा वन्यजन्तु पर्यटनका साथै थारु संस्कृतिका कारण पनि चर्चित गन्तव्य बनेको छ। करिब पाँच दशकअघि विदेशी पर्यटकको आगमनसँगै थारु समुदायले होटल–होटलमा थारु नाच प्रस्तुत गर्न थालेपछि सांस्कृतिक पर्यटन विस्तार भएको हो।
-1767495388.png)
करिब १७–१८ वर्षअघि स्थापना भएको थारु कल्चर सेन्टरले थारु नाचलाई संस्थागत रूपमा प्रवर्द्धन गर्दै आएको छ। हाल सौराहाका होटलहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई थारु नृत्य देखाउने गरेका छन्।
-1767495394.png)
-1767495401.png)
होटल भिस्टाका सञ्चालक रमेश सिलवालका अनुसार सौराहाको करिब ५० प्रतिशत पर्यटन गतिविधि थारु संस्कृतिसँग सम्बन्धित छ। यहाँ हात्ती, जिप र डुंगा सफारी, जंगल वाकसँगै एकसिंगे गैँडा, बाघलगायत वन्यजन्तु अवलोकन तथा थारु नाच पर्यटकको प्रमुख आकर्षण बनेको छ।
-1767495400.png)
सौराहामा झमटा, ठेकरा, लौरो, झुमरा डम्फु नाच समूहगत रूपमा प्रस्तुत गरिन्छ। मौलिक थारु पोशाकमा देखाइने यी नाच हेर्न पर्यटक आकर्षित हुने गरेका छन्। हाल सौराहामा करिब ११० होटल र ६० भन्दा बढी रेस्टुरेन्ट छन् भने दैनिक करिब तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ।
-1767495398.png)
-1767495397.png)
-1767495392.png)
-1767495391.png)
-1767495387.png)
-1767495395.png)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्