Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले शासन गर्ने, न्यूयोर्क पुर्‍याइए राष्ट्रपति मदुरो

भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
 
भेनेजुएलामा आक्रमण पश्चात अमेरिकाले राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्कको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेका तस्बिर सार्वजनिक गरेका छन् । 

अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाउदै आएका थिए । 

मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार