Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पार्टी समायोजनका विषयमा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा आजका लागि बोलाइएको  बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने छ ।  बैठकमा केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार