Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र, लिखित जवाफ पठाए हुने

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई पत्र पठाएको छ ।

लिखित जवाफ पठाएपनि हुने भन्दै आयोगले दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नपत्र पठाइएको आयोग स्रोतले जनाएको छ । 

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र लेख्ने तयारी गरिरहको छ, तर ओलीले भने आफू बयान दिन नजाने बताउँदै आएका छन् । 

यसरी आयोगले यस घटनासँग सम्बन्धित एक सय ५० भन्दा बढीसँग बयान र घटना विवरण कागज गराइसकेको छ ।  आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो। 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार