NL न्यूज
काठमाडौं । विभिन्न अपराधमा जेलमा रहेका १३ जना नेपालीलाई कतारले आममाफी दिएको छ ।
कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरुलाई आममाफी दिएको हो ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कतारले १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो । उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ ।
आममाफी नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको परराष्ट्र मन्त्रालयले जारी गरको विज्ञप्तीमा उल्लेख छ ।
कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्