Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गुल्मीमा विद्यार्थी लिएर पिकनिक जाँदै गरेको बसले मोटरसाईकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका ६ का बसन्त अर्याल र उनकी भाउजू मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो । बसमा पिकनिक जाँदै गरेका सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी सवार थिए । 

दुर्घटनामा घाईते मोटरसाइकलमा सवार अन्दाजी ५ वर्षीय अनुभव गिरी र बसमा सवार मालिका–६ राम्चे निवासी शिक्षिका लिलावती घाइते भएकी छन् । 

दुवै घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार