Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बगानबाटै बजारसम्म भोजपुरे सुन्तला (तस्बिरसहित)

भोजपुर । आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरु यतिबेला सुन्तला बिक्रीमा व्यस्त देखिएका छन् । 

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ ।
1-1767328412.png


व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ ।
4-1767328240.png

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले  जानकारी दिए । 

अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएको छु उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले यस वर्ष करिब चार देखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु र अर्को वर्ष सुन्तलाको उत्पादन बढ्ने र आम्दानी समेत बढ्ने मेयर उदासले बताए ।

9-1767328246.png

यातायातको सुविधासँगै  बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले पनि खुद्रा बिक्री र बजारकै लागि बोकेर लैजानु पर्ने अवस्थाको अन्त्य भएको मेयर उदासले बताए ।  सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, विर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । 

8-1767328243.png

7-1767328243.png

5-1767328240.png

2-1767328237.png

3-1767328237.png

10-1767328578.png


तस्बिर : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार