Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

जसपा नेपालले पार्टी विधानको धारा ११७ उपधारा (३) मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका व्यक्तिहरू मध्येबाट उम्मेदवार चयन गरी नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन दिएको हो । 
उम्मेदवारमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पु¥याएको योगदानसमेत उल्लेख गरी पठाउन भनिएको छ ।

उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार