Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो

११५ जना भन्दा बढि घाइते, अधिकांशको अवस्था गम्भीर

स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

११५ जना भन्दा धेरै घाइते भएका छन् । घाईते मध्ये धेरैको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  नयाँ वर्षको उत्सव चलिरहेका बेला बिहीवार आगलागी भएको थियो ।

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् ।

बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् ।

पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार