Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बिहीवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको आव्हान गरेपछि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । 

बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे बस्ने छ । 

पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसके पछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आव्हान गरेका हुन् ।

विशेष महाधिवेशनका लागि पुस २७–२८ का लागि भृकुटीमण्डपमा हल समेत बुकिङ गरिसकेको जानकारी पाएपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसंगको छलफलपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार