NL न्यूज
काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल लिडका सञ्चारकर्मी समीर जोशी र अमृत भट्टमाथि ब्रिटिस कलेजका सुरक्षाकर्मीले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।
महासंघले आज एक विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गर्न पुगेका पत्रकारलाई सघाउनुको साटो कलेज प्रशासनको आदेशमा भएको व्यवहार निन्दनीय र प्रेस विरोधी रहेको उल्लेख गरेको छ । महासंघ आगामी दिनमा यस किसिमको व्यवहार नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ, विज्ञप्तीमा भनिएको छ ।
नेपाल लिडका सञ्चारकर्मी जोशी र भट्ट ब्रिटिस कलेजसँग जोडिएको पछिल्लो विवादको सत्य–तथ्य बुझ्न रिपोर्टिङमा पुगेका बेला कलेज प्रशासनको निर्देशनमा त्यहाँका सुरक्षाकर्मीले उनीहरूमाथि दुव्र्यवहार गर्दै डेढ घण्टासम्म बन्धक बनाएका थिए ।
विद्यार्थी र अभिभावकबाट ठगी, शैक्षिक प्रमाणपत्र, भिसा प्रक्रिया र कलेजको वैधानिकतासम्बन्धी उजुरीहरू बढ्दै गएपछि ती विषयमा सत्यतथ्य बुझ्न पुगेका पत्रकारलाई कलेज प्रशासनले कार्यालयभित्रै थुनेका हुन् । रिपोर्टिङ गर्न नदिन मोबाइल खोस्ने, भिडियो खिच्न रोक लगाउने र बाहिर ननिस्कन धम्की दिने जस्ता क्रियाकलाप गरिएको थियो ।

सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्