NL न्यूज
काठमाडौं । विशेष महाधिवेशन गर्न भन्दै कांग्रेसका महामन्त्रीद्धय गगन थापा विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा हल बुकिङ गरेका छन् ।
नियमित महाधिवेशनको सम्भावना सकिएकोपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको भन्दै हल बुकिङ गरिएको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताएकी छिन् ।
उनका अनुसार पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको हो ।
नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको उनले बताइन् । विशेष महाधिवेशनको तयारीबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापतिलाई जानकारी गराउने गौतमको भनाई छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेको बताइएको छ । तर संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्