Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

केपी ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगको तयारी

काठमाडौं ।  जेनजी आन्दोलनका बिषयमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताएका छन् । 

पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको बताउदै कार्कीले अब पूर्वप्रधानमन्त्री केपी ओलीलाई बयानका लागि बोलाउने तयारी रहेको जानकारी दिएका हुन। 

तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्दै बयान दिन नजाने बताउँदै आइरहेका छन् ।

उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’ 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार