Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनसरीमा गोली लागेर एकजनाको मृत्यु

सुनसरी । सुनसरीको सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर एक जनाको मृत्यु भएको छ । 
बुधबार राति करिब १ बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार