Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं । आज १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् । 

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि विभिन्न युवा संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार