Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण

काठमाडौं । भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको ६५४ मेगावाट विद्युत अनुमति भारतले नवीकरण गरेको छ ।

यसअघि दिइएको अनुमतिको म्याद आज सकिँदै थियो । 

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।

नविकरणपछि अब आयातको म्याद १७ चैत (३१ मार्च २०२६) सम्म रहने छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार