NL न्यूज
युएई समर्थित दक्षिणी संक्रमणकालीन परिषद्ले यमनको हधरामौत र अल–महराह प्रान्तका रणनीतिक क्षेत्रहरू कब्जा गरेपछि यमनको राष्ट्रपतीय नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले ९० दिनको देशव्यापी संकटकाल घोषणा गरेका छन् ।
साथै राष्ट्रपति अल–अलिमीले सबै सीमानाकाहरू ७२ घण्टाका लागि बन्द गर्ने र संयुक्त अरब इमिरेट्ससँगको सुरक्षा सम्झौता रद्ध गर्ने निर्णय समेत गरेका छन् ।
सरकारी समाचार एजेन्सी साबाद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार यो निर्णयसँगै देशभरका सबै हवाई, समुन्द्री र स्थल बन्दरगाह तथा सीमानाकाहरूमा तत्काल लागू हुनेगरी ७२ घण्टाको प्रतिबन्ध (नाकाबन्दी) लगाइएको छ ।
राष्ट्रपति अल–अलिमीले यमनको हधरामौत र अल–महराह युएई समर्थित सेनालाई २४ घण्टाभित्र फिर्ता हुन आदेश समेत दिएका छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्