NL न्यूज
नवलपरासी । शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा केहि दिन देखि सवारी साधनहरुको लामो जाम लाग्ने गरेको छ । राजमार्ग अवरुद्ध हुदा यात्रुहरुले निकै सास्ती पाएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारी साधनहरुको जाम कटाए पनि बाक्लो हुस्सु सहित शितलहर परेका कारण सवारी संचालनमा निकै कठिनाई भएको छ ।
नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनिएर विकास खनालाका अनुसार सडक निर्माण भैरहेको स्थानमा शितलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ ।
अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भैरहेको र मालबहाक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सुचना अधिकारी खनालले बताउनुभयो ।
आज आयोजनाले एक सुचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरु काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।
दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । सो क्षेत्रमा शितलहरका कारण राजमार्ग हिलाम्य हुदा सवारी साधनहरु संचालनमा कठिनाई उत्पन्न भएको हुदा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।
-1767153990.png)
-1767153987.png)
-1767153990.png)
-1767153985.png)
-1767153985.png)
-1767153983.png)
-1767153982.png)
-1767153979.png)
-1767153978.png)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्