Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

२१ टन ग्याँस फ्याँकेर हटाइयो सडकमा पल्टिएको ग्याँस बुलेट, २४ घण्टापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग खुलेको छ । 

ग्याँस बुलेट पल्टिएका कारण अवरुद्ध रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि सञ्चालनमा आएको हो ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ग्याँस बुलेटलाई किनारा लगाएपछि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै छवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ भने ग्यास बुलेट सडकको किनारामा राखिएको छ । 

हिजो बिहान रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुलनजिक भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर सडकमा पल्टिएको थियो ।   
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार