NL न्यूज
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सक्रिय बनाएका कमल थापा आज राप्रपामै फर्कँदैछन् । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर कमल थापाले राप्रपा छाडेका थिए ।
दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोहको आयोजना गरिएको छ । केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गरेका थिए ।
राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।
एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्