NL न्यूज
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदैछ ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झन्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झन्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
त्यसै वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहा भएपछि भारत पुगेका कोइरालाले पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गरेका थिए ।
राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए ।
मेलमिलाप दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्दैछ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्