NL न्यूज
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति असन्तुष्टि व्यक्त गर्दै सहर बजारका केही व्यक्तिहरूले आफूहरूलाई जनताका मुक्तिदाता झैँ प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्।
केशव रावलको रुकुमपूर्वदेखि काठमाडौंसम्मको सम्मानसहितको पदयात्रा समापन कार्यक्रममा बोल्दै प्रचण्डले दशकौंको संघर्ष र तपस्याबाट बनेका विचार र सिद्धान्तलाई बेवास्ता गरी दलहरू समाप्त भइसकेको भनी भ्रामक प्रचार गरिएको आरोप लगाए।
‘सोसल मिडियामा हेर्दा लाग्छ कि इतिहासविहीन, विचारविहीन र निष्ठाविहीनहरूले नेपाल कब्जा गरिसके,’ प्रचण्डले भने, ‘बजार र मोबाइल हेर्नेले त्यस्ता मानिसहरूलाई नै मुक्तिदाता ठानेको छ।’
उनले पार्टीलाई अझ बलियो बनाउने, राष्ट्रिय एकता सुदृढ गर्ने, शान्ति, समृद्धि र समाजवादको यात्रामा अगाडि बढ्न सबैले एकजुट हुनुपर्ने बताए।
प्रचण्डले केशव रावलको पदयात्रालाई सकारात्मक रुपमा लिँदै पार्टी एकताको पक्षमा सन्देश प्रवाह भएको उल्लेख गरे।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्