NL न्यूज
नेपाललिड । मधेश प्रदेशले तीन वर्षमै पाँचौँ मुख्यमन्त्री पाएको छ। यसपटक जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव। सात दलको ठूलो गठबन्धनले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। शपथ शनिबार बिहान हुँदैछ।
तीन वर्षमा कोको बने मुख्यमन्त्री ?
१. सरोजकुमार यादव (जसपा) – पुस २९ मा बने, जेठ २३ मा विश्वासको मत गुमाए।
२. सतिशकुमार सिंह (जनमत) – जेठ २५ मा आए, असोज २८ मा पार्टीकै खेल भनी राजीनामा।
३. जितेन्द्र सोनल (लोसपा) – असोज २९ मा बने, २५ दिनमै दबाबमा बाहिरिए।
४. सरोजकुमार यादव (एमाले) – प्रदेश प्रमुखले रातारात होटलमै शपथ गराएर विवादै विवाद। पछि सर्वोच्चले २४ घन्टामा विश्वासको मत ल्याउन भनेपछि उनले बुधबार मात्रै राजीनामा दिएका थिए ।
५. कृष्णप्रसाद यादव।
प्रदेश मात्र होइन, देशभरै अस्थिरता
मधेश मात्र हैन, अरू प्रदेशको हालत पनि उस्तैछ । कोशीमा ५ पटक मुख्यमन्त्री फेरियो भने बागमतीमा ३ पटक फेरियो । त्यसबाहेक गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ४–४ पटक मुख्यमन्त्री फेरिँदा कर्णालीमा २ पटक मुख्यमन्त्री फेरिए ।
प्रकाशित मिति:
शुक्रबार, मंसिर १९, २०८२
१७:५३
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्