Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा सौराहाका खेतबारी पहेँलै (तस्बिरहरु)

चितवन । तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ ।

उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।

विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।

चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ ।

10-1767071458.png

8-1767071455.png

7-1767071453.png

6-1767071452.png

2-1767071446.png

1-1767071446.png

5-1767071450.png

4-1767071449.png

3-1767071448.png


तस्बिर : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार