Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज पुस १५ : गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौँ । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । 

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

आज ल्होसारको अवसरमा गुरुङ समुदायले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार