NL न्यूज
खोटाङ । दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
स्वीजरल्याण्डको युनिभर्सिटी अफ लुजानले दुधकोशी जलाधारका माथिल्लो र तल्लो तटिय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा पृथ्वीको तापक्रमवृद्धिका कारण जलवायुमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढीको र अतिवृष्टिको कारण उत्पन्न्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो ।
विद्यार्थी र शिक्षकको जलवायु परिर्वतन र हिमनदी विस्फोटन सम्बन्धी ज्ञान र बुझाइको स्तर, विद्यालय भएको स्थान, नदी तथा हिमतालदेखिको दुरी, खोला तथा नदीदेखि विद्यालयसम्मको दुरी, विपद् जोखिम बुझाई सम्बन्धी प्रशिक्षण पुस्तिका र विपद्को सम्भावति आँकलन गरी गरिने कृत्रिम अभ्यास लगायत मापदण्डका आधारमा विद्यालयको जोखिम मूल्यांकन गरिएको हो ।
दुधकोशी जलाधार क्षेत्रका विद्यालयहरु मध्ये श्री दुधकोशी आधारभुत विद्यालय सबै भन्दा बढी जोखिममा देखिएको अध्ययनले देखाएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित यो विद्यालयमा दुधकोशी नदीको कटान, माथिल्लो क्षेत्रबाट आउन सक्ने हिमताल विस्फोटपछि आउने बाढीको उच्च जोखिम देखिएको हो ।





सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्