Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचनको विकल्प सोचे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताएका छन् । 
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले निर्वाचनको  विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा जानसक्ने चेतावनी समेत दिएका छन् ।

सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको उनको भनाई थियो  । 

नयाँ युवाहरुले राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको भन्दै दाहालले शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने बताए । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार