NL न्यूज
काठमाण्डौ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्द सूची दर्ता गराइसक्नुपर्नेछ ।
हिजो तीन वटा साना दलका एक सय ३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेश गरिसकेका छन् । नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले हिजो नै बन्द सूची पेश गरेका आयोगले जनाएको छ ।
मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरु बन्द सूचीलाई अन्तिम रुप दिएर आज आयोगमा बुझाउने तयारीमा छन् ।
भोलिदेखि २० गतेसम्म बन्द सूचीको प्रारम्भिक परीक्षण हुनेछ । त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्