NL न्यूज
काठमाडौं । फागुन २१ मा गर्ने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनकालागि दर्ता भएका दलहरुले बन्द सूची पेस गर्ने समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दलहरुले पेस गरेको समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ ।
त्यस्त सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन समय दिने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनेर हेरि आयोगले माघ ४ गते बन्द सूची प्रकाशन गर्नेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्