Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रमुख एजेण्डा

काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक आज सचिवालय बैठक बोलाएको छ ।

एक नेताका अनुसार फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनकालागि समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डासहित बैठक बोलाईएको हो । 

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको ले आज सचिवालय बैठक बस्न लागेको हो । 

केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा बैठक बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि बैठकमा जानकारी गराउने कार्यसूची रहको बताइएको छ । 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार