NL न्यूज
सिन्धुली । सिन्धुलीको कमलामाई–४ धुराफाट । सुशीला घिसिङको घर । तर उनकै लागि भयो असुरक्षित । २२ वर्षीया घिसिङ बम्जनलाई पेट्रोल छर्केर आगो लगाइयो। त्यो पनि बाहिरकाले होइन, सासु–ससुरा र नन्दले। यो कुनै आकस्मिक झगडाको परिणाम होइन, वर्षौँदेखिको पीडाको अन्तिम, सबैभन्दा क्रूर रूप हो।
गत आइतबार दिउँसो करिब साढे चार बजेतिर भान्छा कोठामा सुशिलामाथि पेट्रोल खन्याएर आगो लगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सासु मायारानी बम्जन, नन्द मिना बम्जन र ससुरा दुर्गामान बम्जन मिलेर यो जघन्य अपराध गरेको आरोप छ। किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गर्यो। सासु र नन्द पक्राउ परिसकेका छन् भने आगोको लप्काले घाइते भएका ससुरा उपचाररत छन्। अझ डरलाग्दो कुरा के छ भने, प्रारम्भिक बयानमै नन्द मिना बम्जनले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
आगो लागेपछि सुशिला बाँच्न हारगुहार गर्दै चिच्याइन्। “बाँच्न देऊ” भन्ने आवाज गाउँलेले सुने। तर त्यो आवाज सुन्दा–सुन्दै घरको गेट बाहिरबाट ताल्चा लगाइयो। स्थानीयले जबर्जस्ती ताल्चा फोडेर भित्र पस्दा दृश्य अत्यन्त भयावह थियो—धुवाँले भरिएको कोठा, जलेको शरीर र निभ्न नसकेको आगो। त्यतिबेलासम्म सुशिलाको सास थामिइसकेको थियो।
मृतककी भाउजुका अनुसार यो घटना अचानक भएको होइन। “पहिलेदेखि नै परिवारमा समस्या थियो,” उनी भन्छिन्। सुशिलामाथि लामो समयदेखि शारीरिक, मानसिक र भावनात्मक यातना हुँदै आएको थियो। कुटपिट, गाली, धम्की—यी सबै उनको दैनिकी जस्तै बनेका थिए। माइती पक्षलाई थाहा हुँदाहुँदै पनि ‘घरको कुरा’ भन्दै समाज मौन बस्यो।
घटनापछि आक्रोश विस्फोट भयो। आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरे, बीपी राजमार्ग अवरुद्ध भयो। “दोषी उम्किन नपाऊन्”, “सुशिलालाई न्याय देऊ” भन्ने नाराले वातावरण तातेपछि स्थिति नियन्त्रणबाहिर जान थालेको भन्दै प्रशासनले कर्फ्यु नै लगायो। कमलामाई–४ भित्र कर्फ्यु लागू गरियो, पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश जारी भयो। अपराध एक घरभित्र भयो, तर त्यसको असर पूरै सिन्धुलीले बेहोर्यो ।
सुशिलाका तीन जना नाबालक सन्तान। ७ वर्षे दुई छोरा र एक छोरी। आमा अब कहिल्यै फर्केर नआउने सत्य उनीहरूले बुझ्दै छन्। श्रीमान् सूर्य बम्जन वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा छन्। आफन्तले हत्या योजनामा उनको समेत सहमति हुन सक्ने गम्भीर आरोप लगाउँदै उनलाई तत्काल नेपाल झिकाएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। प्रहरीले भने पोष्टमार्टम सुरु गरेको जनाएको छ ।
महिला अधिकारकर्मीहरू यसलाई घरेलु हिंसाको चरम रूप भन्छन्। उनीहरू भन्छन्—यो एउटा परिवारको मात्र अपराध होइन, महिलाको पीडा समयमै सुन्न नसक्ने समाज र कमजोर कार्यान्वयनको परिणाम हो। तर अझै पनि घटनाबारे प्रहरीले अनुसन्धान नसकाउँदा स्थिति शान्त भएको छैन ।

प्रकाशित मिति:
शुक्रबार, पुस ११, २०८२
१७:५१
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा
शनिबार, माघ १०, २०८२
अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
शनिबार, माघ १०, २०८२
निर्वाचनको इपिसेन्टर झापा-५, ओली र बालेन बिच महाभिडन्त हुने तय
सोमबार, माघ ५, २०८२
अब सबैभन्दा धेरै मत ल्याउने पार्टी भएर संसद छिर्छौं : सभापति लामिछाने
सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का
शुक्रबार, माघ २, २०८२
कांग्रेसको विशेष महाधिवेशनमा २६५२ सहभागी भएको दाबी
शुक्रबार, माघ २, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्