NL न्यूज
काठमाडौं | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।
बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको हो । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
निर्वाचनको इपिसेन्टर झापा-५, ओली र बालेन बिच महाभिडन्त हुने तय
अब सबैभन्दा धेरै मत ल्याउने पार्टी भएर संसद छिर्छौं : सभापति लामिछाने
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का
कांग्रेसको विशेष महाधिवेशनमा २६५२ सहभागी भएको दाबी





प्रतिक्रिया दिनुहोस्