Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको विशेष महाधिवेशनमा २६५२ सहभागी भएको दाबी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६५२ जना महाधिवेशन प्रतिनिधि सहभागी रहेको गगन नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले दाबी गरेका छन् । शुक्रबार जारी गरिएको एक विज्ञप्तिमार्फत उनले विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहे पनि महाधिवेशनमा २६५२ जना सहभागी रहेको जानकारी दिएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन माग गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको निर्वाचन आयोगमा बताएपछि विशेष महाधिवेशनबाट निर्वाचित समितिले त्यसको खण्डन गरेको हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार