NL न्यूज
काठमाडौं | रास्वपा सभापति रवि लामीछानेले आफू यसअघि सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद छिरेको भएपनि अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद छिर्ने उद्घोष गरेका छन् । बालेन्द्र शाहसहित मधेस पुगेका लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट निकालिएको भन्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास पनि गरे ।
सभापति लामिछानेले जेन-जी आन्दोलनमा बच्चाहरुलाई गोली ठोकेर हेलिकप्टरमा भागेको सरकारसँग सबै अपराधको हिसाब लिने पनि बताए । उनले बालेनसँगको वार्ता ५ मिनेटमा सकिए पनि आफूहरूले एकअर्कालाई चिन्नकै लागि लामो समय छलफलमा बसेको दाबी समेत गरेका छन् ।
रास्वपाले यसअघि मधेसमा उन्नत बिउ रोपेर गएको भन्दै अब त्यो धान झैं लहलहाउँदो भएको प्रमाण आजको घोषणा सभा भएको बताए । ‘हामीलाई धेरैले भने मधेसमा त धेरै भोट ल्याउनुभएन । मधेसका जनताले त तपाईंलाई माया गर्दैनन् भनेर भने । तर मलाई थाहा थियो कि मधेसले माया गर्छ । त्यसैले त मधेसले उन्नत बिउ रोपेको थियो त्यो बिउ आज हुर्केर बढेर फल लागेर लहलहाउँदो भएको छ,’ उनले भने, ‘आजको उपस्थिति त्यो हिजो रोपेको बिउकै परिणाम हो । यो बिउ मात्र हैन तपाईंका तमाम आँखामा देखेका सपना हो । यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए लुकाएका थिए । अब त्यो सपना खोसेर लिन्छ मधेसले ।’
जनताले लखेटेर भगाएहरुको आलोचना गर्नु आवश्यक नरहेको बताउँदै उनले देश छाडेकाहरूलाई देश फर्काउन आवश्यक रहेको बताए । 'हामीले कसैलाई देश छाड् भन्नुपर्दैन । देश छाडेकाहरुलाई फर्काउनतिर लागौं,' उनले भने । उनले अबको प्रधानमन्त्रीका रुपमा बालेन शाहले देशलाई नयाँ गति दिने दाबी गरे ।

प्रकाशित मिति:
सोमबार, माघ ५, २०८२
१७:०५
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा
शनिबार, माघ १०, २०८२
अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
शनिबार, माघ १०, २०८२
निर्वाचनको इपिसेन्टर झापा-५, ओली र बालेन बिच महाभिडन्त हुने तय
सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का
शुक्रबार, माघ २, २०८२
कांग्रेसको विशेष महाधिवेशनमा २६५२ सहभागी भएको दाबी
शुक्रबार, माघ २, २०८२
झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?
बुधबार, पुस ३०, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्