Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का

शेरबहादुर देउवापक्षको नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गगनपक्षले गरेको विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावानी दिएका छन् । उनले निर्वाचन आयोगले आफ्नो पक्षलाई नै मान्यता दिनेमा आफूहरू विश्वस्त रहेको पनि बताए ।

कांग्रेसको पार्टी कार्यलयमा गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेुका तत्कालिन महामन्त्रीद्वयले पार्टी फुटको जिम्मेवारी लिनुपर्ने पनि बताए । 'आफूले गर्नुपर्ने काम नगरेर विशेष महाधिवेशनका नामा उहाँहरूले अवैध भेला बोलाउनुभयो,' उनले भने, 'सभापति शेरबहादुर देउवाले पार्टी नफुटोस् हदैसम्मको लचकता अपनाए पनि उहाँहरूले मान्नुभएन ।'

पूर्णबहादुर खड्काले तोकिएकै मितिमा चुनाव हुने र कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरे ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार