NL न्यूज
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नामबाट ह्वाट्स एप एकाउन्ट बनाई स्क्याम गरेको पाइएको छ ।
डंगोलले सामाजिक सञ्जालमार्फत् स्क्रिनसटसमेत राख्दै त्यो खाता र नम्बर आफ्नो नभएको बताएकी छिन् । डंगोलले सार्वजनिक गरेका स्क्रिनसटमा स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर पठाएर पैसा मागेका छन् ।
आफूले नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराएर कानूनी प्रक्रिया अघि बढाइसकेको भन्दै सुनिताले कुनै पनि आर्थिक कारोबार नगर्न र ठगीको सिकार नबन्न अनुरोध गरेकी छन् ।
उनले लेखेकी छन्,
🔴 अत्यन्त जरुरी सूचना
⚠️ सावधान रहनुहोस् – ठगी सम्बन्धी सूचना ⚠️
मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ।
🚫 यो म होइन र यो मेरो नम्बर पनि होइन।
कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस्।
यस विषयमा मैले कानुनी प्रक्रिया अघि बढाइसकेको छु र नेपाल प्रहरी तथा सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको छु।
सबैलाई सजग रहन, सत्यापन नगरी कुनै पनि आर्थिक कारोबार नगर्न र ठगीको सिकार नबन्न हार्दिक अनुरोध गर्दछु।
यो सूचना अरूलाई पनि जानकारी गरिदिनुहुन अनुरोध छ ।
हेर्नुहोस् उनले फेसबुकमा सार्वजनिक गरेको स्क्रिनसट





तस्बिर र स्क्रिनसटहरु डंगोलको फेसबुक पेजबाट लिईएको हो
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्