Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हुम्लाको सर्केगाडमा आगलागी, ५ घर जले, दुईजना घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट ५ घरमा क्षति पुगेको छ भने दुईजना घाइते भएका छन् ।

आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेका छन् भने रमेश महतारा र मोहन महताराको घरको सामान जलेर नष्ट भएको छ  ।

स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो ।जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण संकलन भईरहेको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार