NL न्यूज
बालेन शाहले नयाँ दलका लागि एक्सरसाइज थालेपछि रास्वपा सभापति रवि लामिछाने छलफलमा जुटेका छन् । तर, छलफलले ठोसरुप लिन सकेको छैन । कुरा मिल्न नसकेको बालेन पक्षले बताएको छ । तर, रवि पक्षले कुरा मिल्ने आशा राखेको छ । रवि बालेनलाई भेट्न कुपण्डोलस्थित कुमार बेनका घरमा पुगेका थिए । एक्ला–एक्लै भेटेका रवि र बालेनबीच सहकार्यका लागि थप छलफल भएको बुझिएको छ ।
पुराना दल संसद पुनर्स्थापनाका लागि सक्रिय बन्दा नयाँ शक्तिका रुपमा उदायका रवि–बालेन–कुलमानहरु निरन्तर छलफलमा जुटेका हुन् । बुधबार रातिमात्र बालेनले सर्वपक्षीय छलफल गरेका थिए । उनले जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बमसहितका नागरिक अगुवाहरुसँग पनि छलफल गरेका थिए ।
मुटुरोग विशेषज्ञ भगवान कोइराला, पत्रकार ऋषि धमाला, सुरजसिंह ठकुरी, कांग्रेस नेता चन्द्र भण्डारी लगायतसँग गएराति छलफल गरेका बालेनले बिहीबार विहान पुनः छलफललाई निरन्तरता दिए । उनले कांग्रेस नेता सुनिल शर्मासँग पनि छलफल गरेका छन् । शर्माले आफूले संसद पुनस्र्थापना गरेर संविधान संशोधन गर्दै प्रत्यक्ष कार्यकारीको मोडेलमा जानुपर्ने प्रस्ताव गरेको नेपाल लिडलाई बताए । जवाफमा बालेनले अहिले संसद पुनस्र्थापना नभएर चुनावमै जानुपर्नेमा जोड दिएका थिए ।
बालेनले देश विकास पार्टीलाई अघि बढाउने तयारी गरेपछि रास्वपा सभापति लामिछाने बालेनलाई भेट्न कुपण्डोल पुगेका थिए । भेटमा आगामी निर्वाचनमा सँगै जाने र प्रधानमन्त्री बन्न रविले बालेनलाई प्रस्ताव गरेका थिए । तर, बालेन आफ्नै दल अघि बढाउने ‘मुड’मा छन् । त्यस्तै बालेनले बिहीबार विहान नै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि छलफल गरे । उनीहरुबीच केही समझदारी बन्नेढंगले कुरा अघि बढेको नेताहरुले बताएका छन् । कुलमान पक्षले सुदन गुरुङ समूह सामेल गर्न चाहेको छैन । तर, बालेन सुदनलाई अघि बढाउन चाहन्छन् । त्यस्तै सुमना श्रेष्ठ केहीदिनमै कुलमानको दलमा प्रवेश गर्ने तयारीमा जुटेकी छन् । छलफलहरुलाई निरन्तरता दिंदै आ–आफ्नो हिसाबमाथि पार्ने दाउमा देखिएका छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्