NL न्यूज
कोशी प्रदेशमा धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरीमै घट्यो धान उत्पादन । प्रदेश कृषि निर्देशनालयका अनुसार झापामा यो वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिकटन धान उत्पादन भयो । अघिल्लो वर्ष ३ लाख ८२ हजार ८ सय १२ मेट्रिकटन उत्पादन भएको थियो । यो झापामा वर्ष करिब २८ हजार टन उत्पादन घटेको हो । मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेको थियो । यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्रै उत्पादन भयो । सुनसरीमा गत वर्ष २ लाख १७ हजार टन उत्पादन हुँदा यसपटक २ लाख ११ हजार ६ सय ८ टन मात्रै फल्यो । आगामी वर्ष बीउ सुधार, सिँचाइ बिस्तार र आपतकालीन कृषि सहायताका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सके मात्र प्रदेशको धान उत्पाद सुधारिन सक्ने कृषि विज्ञको सुझाव छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्