Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सल्लाघारीबाट ओलीको आह्वान –'एमालेलाई एक बना‍औँ' (पूर्णपाठ)

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका सबै पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। ११ औं महाधिवेशनको उद्घाटन समारोहमा उनले सबैलाई एउटै दिशा, एउटै लक्ष्यमा उभिन अपिल गरे।

उनले भने, “हामी बीचको एकता नै शक्ति हो। एघारौँ महाधिवेशनमा दुई ‘एक’ छन्, तर ती अलग-अलग होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुनुपर्छ।”

ओलीले जोड दिए कि एक एमाले र अर्को एमालेबीच विभाजन, रिसाहट र द्वन्द्वले पार्टीलाई कमजोर बनाउनेछ। तर जब एउटाले अर्कोको हात समाएर मन मिलाउँछ, तब हामी सशक्त ‘एघार’ बन्छौं।

उनको विश्वास छ, यस्तो एकतामा मात्र यो राष्ट्रिय महाधिवेशन सफल र पार्टी मजबुत बन्न सक्छ। ओलीले सबै एक भएर अघि बढ्न जोड दिए। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार